सरकार र यातायात मजदुर सङ्गठनबीच पाँचबुँदे सम्झौता
काठमाडाैं | फागुन २, २०७९
काठमाडौं: सरकार र यातायात मजदुर सङ्गठनहरुबीच पाँचबुँदे सम्झौता भएको छ । सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँचबुँदे सम्झौता गरेको हो ।
मङ्गलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तापछि दुई पक्षबीच पाँचबुँदे सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
सङ्गठन र मन्त्रालयबीच आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न सहमति भएको छ । त्यस्तै, यातायात मजदुर सङ्गठनल राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको छ ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

